शनिबार, मंसिर ७, २०७६
    खेल संसार

    क्रिकेटका महान खेलाडी सचिन तेन्दुल्कर नेपाल आउँदै

    बुधबार, २० कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, २० कात्तिक

    भारतका पूर्व-क्रिकेटर सचिन तेन्दुलकर युनिसेफको पाेषणसम्बन्धी जनचेतना कार्यक्रममा सहभागी हुनका लागि नेपाल आउने भएका छन् ।

    युनिसेफको सदभावना दूत रहेका सचिन नोभेम्बरकाे तेस्राे साताभित्र नेपाल आउने युनिसेफले जनाएकाे छ । उनी आउने मिति यकिन नभए पनि १६ तारिख वा २० र २२ तारिख आउने तयारी भइरहेकाे युनिसेफले जनाएकाे छ ।

    उनी क्रिकेटभन्दा पनि युनिसेफ नेपालको पोषणसम्बन्धी कार्यक्रममा सहभागी आउन लागेका हुन् । केहि घण्टाका लागि नेपाल आउन लागेका सचिनलाइ नेपाली खेलाडीले भेट्न भने पाउने छैनन् । त्यतिबेला नेपाली खेलाडी बंगलादेश र यूएईमा हुने भएकाले समय नमिल्ने भएकाे हाे ।

    नेपालले बंगलादेशमा हुने एसीसी इमर्जिङ टिम्स कपमा सहभागिता जनाउँदैछ भने पारस खड्का र सन्दीप लामिछाने यही समयमा टी-२० खेल्न यूएई जाँदैछन्। पारस नोभेम्बर ११ र सन्दीप नोभेम्बर १२ मा यट्ठएई जाँदैछन्।

    यसअघि २०६९ सालमा भारतका पूर्वकप्तान महेन्द्रसिंंह धोनी नेपाल आएका थिए । दुई दिने भ्रमणका क्रममा धोनीले केही घन्टा कीर्तिपुर क्रिकेट मैदानमा बिताएका थिए।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast