आईतवार, मंसिर १, २०७६
    सावधान

    कैलालीमा लागुऔषधमा संलग्न दुईजना पक्राउ

    बुधबार, २० कार्तिक २०७६, आहाखबर
    अत्तरिया, २० कात्तिक
     
    कैलालीमा लागुऔषधमा संलग्न दुईजना पक्राउ परेका छन् । प्रहरीले धनगढी उपमहानगरपालिका–२ स्थित त्रिनगर भन्सार गेटअगाडिबाट लागुऔषधमा संलग्न दुई जनालाई पक्राउ गरेको हो ।
     
    सीमा नाका गौरीफन्टाबाट नेपालतर्फ आइरहेको बेला प्रहरीले जाँच गर्दा धनगढी उपमहानगरपालिका–५ बस्ने २५ वर्षीय सञ्जय चौधरी र धनगढी–१३ बस्ने २० वर्षीय अनिल रानालाई मङ्गलबार साँझ पक्राउ गरेको जनाइएको छ ।
     
    चौधरीका साथमा तीन ग्राम ६२० मिलिग्राम र नीलो रङको चार वटा ट्याबलेट र रानाका साथबाट एक ग्राम १४० मिलिग्राम लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश कार्कीले बताउनुभयो । 
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast