आईतवार, मंसिर १, २०७६
    सावधान

    अर्घाखाँचीको नरपानीमा कार दुर्घटना हुँदा ३ को मृत्यु, २ घाइते

    बुधबार, २० कार्तिक २०७६, आहाखबर

    अर्घाखाँची, २० कात्तिक । 

    सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा बुधबार बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको स्थानीय प्रकाश महत्राले जानकारी दिनुभयो । दुर्घटनामा दुई जना घाइते भएका छन् । कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो । 

    घटनामा दुई पुरुष एक महिलाको मृत्यु भएको र उनीहरुको पहिचान हुन बाँकी छ । घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । घटनास्थलमा स्थानीयवासी र प्रहरीले उद्धार गरिरहेका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast