बिहिवार, मंसिर ५, २०७६
    स्वास्थ्य

    करेलाको जुसका फाइदै फाइदा !

    बुधबार, २० कार्तिक २०७६, आहाखबर

    एजेन्सी, २० कात्तिक

    करेलामा कयौँ गुणकारी तत्व हुन्छन् । यसमा आइरन, म्याग्नेसियम, पोटासियम तथा भिटामिनजस्ता पोषक तत्व हुन्छन् । करेला फाइबरयुक्त हुने भएकाले हाम्रो पेटलाई भरेर राख्न वा पाचन प्रक्रियालाई चुस्तदुस्त राख्न पनि यसले सहयोग गर्छ । एउटा अध्ययनअनुसार यसले मोटोपना कम गर्न पनि सहयोग गर्छ । यो त करेलाको कुरा भयो । त्यस्तै राम्रो हुन्छ, करेलाको जुस पनि । यी हुन्छन् यसका फाइदाः

     

    फाइबरयुक्त हुन्छ करेला
    करेलामा फाइबरको मात्रा अत्यन्त बढी हुन्छ । करेलामा पानीको मात्र पनि धेरै नै हुन्छ । करेलाको तौलमध्ये ८९ प्रतिशत तौल पानी हो भनिन्छ । त्यसैले पनि गर्मी याममा करेलालाई अझ विशेष मानिन्छ । 

     

    बोसोयुक्त कोष बन्नबाट रोक्छ
    एक अध्ययनका अनुसार करेलाले शरिरमा बोसोको मात्र कम गर्न सहयोग गर्छ । यसले शरीरमा नयाँ बोसोयुक्त कोष नियन्त्रणमा पनि सहयोग गर्छ । यसले हाम्रो तौल घटाउन सहयोग गर्छ ।

     

    तौल घटाउन मद्दत गर्छ करेला
    करेलाको जुसले इन्सुलिनलाई सक्रिय बनाउँछ । यसले शरीररमा बनाउने चिनी तथा बोसो कम गराउँछ । यसले शरीरको बोसो कम गर्न सहयोग गर्छ । 

     

    करेलामा हुन्छ कम क्यालोरी
    करेलामा क्यालोरी, बोसो तथा कार्बोहाइड्रेट्सको मात्रा कम हुन्छ । एक सय ग्राम करेलामा जम्मा ३४ क्यालोरीमात्र हुन्छ । त्यसैले करेलाको जुसले क्यालोरी मेन्टन गर्न मात्र होइन, बोसोमाथि नियन्त्रण गर्न पनि सहयोग गर्छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast