बुधबार, कार्तिक २७, २०७६
    खेल संसार

    पारस र सन्दीपले इमर्जिङ टिम्स एसिया कप नखेल्ने !

    मंगलवार, १९ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, १९ कात्तिक

    नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछानेले इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । 

    उनीहरुले बंगलादेशमा हुने इमर्जिङ एसिया कप नखेल्ने भएको जानकारी प्राप्त भएको छ ।

    यूएईमा हुने टि–१० लिग र इमर्जिङ कपको मिति जुधेकोले पारस र सन्दीप इमर्जिङ एसिया कप खेल्न नसक्ने भएका हुन् । आबुधाबीमा हुने टि–१० लिगमा उनीहरुले अनुबन्ध भएका छन् । पारसले अबुधाबी टिम र सन्दीपले कर्नाटक टस्कर्सबाट खेल्ने छन् ।

    टि–१० लिग इमर्जिङ एसिया कप तालिकामै नभएको हुँदा अहिले आएर टि–१० लिग खेलको लागि नो अब्जेक्शन लेटर मागेका छन् । यो पटक पारस र सन्दीपलाई टि–१० खेल्न अनुमती दिएको छ । तर आगमी दिनमा भने नेपालको खेल हुँदा नदिने महासचिव प्याकुरेलले जानकारी दिए ।

    इमर्जिङ टिम्स एसिया कप कात्तिक २८ देखी मंसिर ७ सम्म बंगलादेशमा हुने छ । त्यस्तै टि टेन कात्तिक २९ देखी मंसिर ८ सम्म यूएईमा हुने छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast