आईतवार, मंसिर १, २०७६
    सावधान

    बाघको आक्रमणबाट निकुञ्जका कर्मचारी माउतेको मृत्यु

    मंगलवार, १९ कार्तिक २०७६, आहाखबर

    राजापुर, १९ कात्तिक :

    बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी निकुञ्जकै हात्तीसारमा कार्यरत कर्मचारी माउतेको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–७ मोहनपुर घर भएका ४२ वर्षीय मङ्गरु थारुको मृत्यु भएको हो ।

    निकुञ्जभित्रको गैंँडा मचान नजिकै हात्तीलाई घाँस काट्न गएका थारुको बाघको आक्रमणमा परी मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत रवीन कडारियाले बताउनुभयो ।
     
    थारु २२ वर्षदेखि हात्तीसारमा करार कर्मचारीको रुपमा कार्यरत हुनुहुन्थ्यो । हात्ती लिएर जङ्गल पस्नुभएका थारु हात्तीबाट ओर्लिएर हात्तीलाई खर काट्ने क्रममा एक्कासि बाघले  आक्रमण गरेर सय मिटर पर लगेको थियो । निकुञ्जको हात्तीसहितको टोलीले हल्ला खल्ला गर्दै थारुको खोजी गरेपछि बाघ भागेको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast