बिहिवार, मंसिर ५, २०७६
    कृषि-उर्जा

    असिनापानीले अन्नबाली नष्ट, राहतका लागि पहल

    मंगलवार, १९ कार्तिक २०७६, आहाखबर

    मार्तडी, १९ कात्तिक

    बाजुराको बडीमालिका नगरपालिका–१ मा असिनापानीले पाक्न लागेको अन्नबाली, तरकारी र फलफूल खेतीमा क्षति पु¥याएको छ ।

    स्थानीयवासी कृषक हर्कबहादुर कार्कीका अनुसार सोमबार अपराह्न ४ः००  बजे आएको असिनापानीले पाक्न लागेको कोदो, फापर, धान, सुन्तला, केरा र तरकारी बालीमा क्षति पु¥याएको छ । उहाँले वडाको पिनालेख, पाटा, नुवाकोट र सल्लेनाका करीब एक हजार १०० कृषकको अन्नबाली तथा फलफूल र तरकारी बाली नष्ट गरेको बताउनुभयो ।
     
    नगरपालिकाका उपप्रमुख कविता विष्टले क्षतिको यथार्थ विवरण आएपछि नियमअनुसार राहत दिइने बताउनुभयो । नगरपालिकाले बनाएको दैवी प्रकोप राहत कोषअनुसार कृषकको क्षतिको अवस्था हेरी राहतका लागि पहल गर्ने उहाँले जनाउनुभयो । 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast