मंगलवार, कार्तिक २६, २०७६
    विज्ञान/प्रविधि

    गुगल म्यापमा आयो इन्कग्निटो मोड, युजर्सले आफ्ना डेटा गोप्य राख्न सक्ने

    मंगलवार, १९ कार्तिक २०७६, आहाखबर

    एजेन्सी, १९ कार्तिक ।

    गुगलको अर्को कम्पनी अल्फाबेटले गुगल म्याप्स्, यूट्यूब तथा भ्वाइस असिस्टेण्टका लागि नयाँ प्राइवेट फिचर रोल आउट गरेको छ ।

    जसअनुशार अब  यसमा युजर्सले इन्कग्निटो मोड तथा अटोमेटिक डेटा डिलिशन जस्ता फिचरहरु उपलब्ध हुनेछन् । अब यस लगायतका फिचरहरुबाट प्रयोगकर्ताको गोपनीयता थप सुरक्षित हुने आँकलन गरिएको छ । 

     

    इन्कग्निटो मोडका फाइदाहरु :

    इन्कग्निटो मोडको सहायताले प्रयोगकर्ताहरु गुगल म्यापमा आफ्ना गतिविधिलाई गोप्य राख्न सक्षम हुनेछन् ।

    अब यससँगै प्रयोगकर्ताहरुले आफूले खोजेको स्थानको डेटाबारे अन्यबाट जोगाउन सक्नेछन् । 

    त्यस्तै, गुगलले पासवर्ड चेकअप नामक अर्को फिचर समेत सुरु गरेको छ ।  यस फिचरको सहायताले प्रयोगकर्तालाई आफ्नो अकाउण्टमा भएको छेडछाडबारे समेत जानकारी मिल्नेछ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast