आईतवार, मंसिर १, २०७६
    खेल संसार

    नेपाली क्रिकेट टिमसँग इंग्ल्याण्डको एमसीसी ५ विकेटले पराजित

    सोमबार, १८ कार्तिक २०७६, -खेल डेस्क, आहाखबर.

    काठमाडौं, १८ कात्तिक । 

    विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लव इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब अर्थात् एमसीसी विरुद्ध सोमबार भएको खेलमा नेपाली टिम ५ विकेटले विजयी भएको छ । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान एमसीसीले दिएको २ सय २ रनको लक्ष्य नेपालले ३८ ओभरमै मात्र ५ विकेटको क्षतीमा पुरा गरेको हो ।  

    नेपालको यस अभूतपूर्व जीतमा पशरद भेषवाकर, दीपेन्द्रसिंह ऐरी, पवन शर्राफ, ललित राजवंशी र विनोद भण्डारीको भूमिका उल्लेख्य रह्यो ।

     

    भण्डारीको अर्धशतक 

    नेपालका लागि विकेटकिपर तथा ब्याट्सम्यान विनोद भण्डारीले नट आउट ५० रनको अर्धशतकीय पारि खेल्दै खराब अवस्थामा रहेको टिमलाई टेको लगाएका थिए । खेलमा पवन शर्राफ ३५ रनमा नट आउट रहे । 
    खेलको सुरुवातमै दुवै ओपनर इशान र ज्ञानेन्द्र आउट भएपछि क्रिजमा रहेका शरद भेषावकर र दीपेन्द्रसिंह ऐरीले नेपालको खेललाई जोगाएका थिए । १८ औं ओभरको खेलमा नेपालले शरद र दीपेन्द्रको विकेट गुमायो । शरद २४ तथा दीपेन्द्र २१ रनमा पेभेलियन फर्किएका थिए । 

    खेलमा शानदार शुरुआत गरेको एमसीसीले २५ ओभरमा २ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो भने बाँकी १५ ओभरमा अल आउट हुँदै मात्र २ सय १ रनमै समेटिन पुग्यो ।

     

    खेलेनन् सन्दीप र पारस

    सोमबारको खेलमा नेपालका चर्चित लेगस्पिनर सन्दीप लामिछाने नखेलेपछि नेपाली स्पिनको जिम्मा ललितले लिएका थिए भने उनले आफ्नो जिम्मेवारी बडो चातुर्यताका साथ निभाएका थिए । 
     

    पारस खड्काको राजीनामापछि कप्तान बनाइएका ज्ञानेन्द्र मल्लको कप्तान बनेपछिको यो नै पहिलो म्याच हो, जुन सफल रहन पुग्यो । 

     

    आगामी खेल तालिका 

    नेपालमा क्रिकेटको विकासका लागि सहयोग गर्ने उद्देश्यले यहाँ आएको एमसिसीले नेपालको राष्ट्रिय टिमसँग नै यही २० गतेदेखि २२ गतेसम्म तीन दिवसीय खेल समेत खेल्नेछ ।

    त्यस्तै आगामी २३ गते यु १९ र नेपाल मिक्स टिमसँग टी २० साथै २५ र २६ गते पोखरामा पोखरा आमन्त्रण टिमसँग टी २० खेल समेत खेल्ने तालिका रहेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast