आईतवार, मंसिर १, २०७६
    सावधान

    बझाङको कालंगा हाइड्रोको सुरुङ भित्र ६ जना सम्पर्कविहीन, उद्धारकर्ता नै बेहोस

    सोमबार, १८ कार्तिक २०७६, आहाखबर

    बझाङ, १८ कात्तिक । 

    बझाङको बुंगल क्षेत्रमा निर्माण भइरहेको कालंगा हाईड्रो पावरमा काम गर्ने ६ जना कामदार सुरुङ भित्र फसेका छन् ।

    बझाङको बुङ्गल नगरपालिका–२ दाडिममा निर्माणाधीन कालांगा हाइड्रोपावरको इनलेट सुरुङभित्र पसेका छ जना कामदार सम्पर्कविहीन भएका छन् । उनीहरु काम गर्नका लागि भन्दै ३ वटा ट्याक्टर र एक जिपसहित आइतबार सुरुङभित्र पसेका थिए । 


    सुरुङभित्र सम्पर्कविहीन भएकाको खोजीका लागि उद्धारका लागि गएका दुईजनाको बेहोसीमा प्रहरीले उद्धार गरेको छ । सुरुङको लम्बाइ १ किलोमिटर ४ सय मिटर छ । अक्सिजनको अभावका कारण उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । उद्धारका लागि बझाङ, धनगढी र दिपायलबाट प्रहरी टोली परिचालन गरिएको छ ।

    सम्पर्कविहीन हुनेमा कर्णबहादुर शाही, महेन्द्रबहादुर शाही, महेन्द्र साउँद, शेरबहादुर धामी लगायत छन् । अन्य दुईजनाको नाम खुलेको छैन । प्रहरीका अनुसार सुरुङभित्र पसेका दुईजना बाहिर निस्किएको बताइए पनि उनीहरु सम्पर्कमा नभएका कारण यकिन भन्न सकिने अवस्था छैन ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast