बिहिवार, मंसिर ५, २०७६
    कला-सौन्दर्य

    लालु प्रसाद यादवको जीवनमा आधारित फिल्म 'लालटेन'को रिलिज डेट कहिले ?

    सोमबार, १८ कार्तिक २०७६, - आहा खबर डेस्क .

    कार्तिक १८ । 

    चारा घोटाला केस अन्र्तगत सजाय काटीरहेका बिहारका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवको जीवनमा आधारित फिल्म बन्ने पक्का भैसकेको छ । लालुको जीवनमा आधारित सो फिल्मको नाम लालटेन हुनेछ । गज्जबको कुरा त के भने उनै लालुको पार्टी राष्ट्रीय जनता दलको चुनाव चिन्ह पनि लालटिन नै हो । 

    भारतीय राजनीतिमा विविध कारणले चर्चामा आइरहने उनै लालुको जीवनमा आधारित उक्त फिल्म आगामी फेब्रुअरी महिनामा रिलीज हुन सक्ने भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।

    स्मरण रहोस् लालटेनमा लालु प्रसाद यादवको मुख्य भूमिकामा भोजपुरी कलाकार यश कुमार रहनेछन् भने बिहारकी पूर्व मुख्यमन्त्री तथा लालुकी पत्नि राबडी देवीको भूमिका कलाकार स्मृति सिन्हाले निभाउनेछिन् ।

    हाल बिहार र गुजरातमा शूट भैरहेको यस फिल्म आगामी वर्षको फेब्रुअरी महिनामा रिलिज हुने बताइदै आएको छ ।  

    हाल उनै लालु प्रसाद यादव चारा घोटाला काण्ड अन्र्तगत सजाय काटिरहेका छन् । केही सालअघि लालुलाई १४ वर्षको जेल सजाय सुनाइएको थियो । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast