बिहिवार, मंसिर ५, २०७६
    शेयर बजार

    नवील बैंकले ३४ प्रतिशत लाभांश दिने भएपछि लगानीकर्तामा उत्साह

    आईतवार, १७ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, १७ कात्तिक ।

    नवील बैंकले आफ्ना शेयरधनीलाई कूल ३४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत शेयर लाभांश तथा २२ प्रतिशत नगद लाभांश दिने भएको छ । 

    बैंकका कम्पनी सचिव माधवप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट १०० कित्ता बराबर १२ कित्ता र २२ प्रतिशत नगद लाभांश अर्थात् प्रतिशेयर रु २२ वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश बैंकको आगामी साधारणसभामा प्रस्ताव गर्ने निर्णय गरेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast