बिहिवार, कार्तिक २८, २०७६
    स्वास्थ्य

    प्रधानमन्त्री ओली तेस्रोपटक डायलासिस गराउन ग्रान्डी अस्पताल जाँदै

    आईतवार, १७ कार्तिक २०७६, आहाखबर
    फाइल फोटो

    काठमाडौं, कार्तिक १७ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयका अनुसार मिर्गौला डायलासिसका लागि अहिले बिहान प्रधानमन्त्री ओली ग्रान्डी अस्पताल जाने तयारी भइरहेको छ ।

    ‘त्यसैले आज बिहान बस्ने भनिएको मन्त्रिपरिषद् बैठक पनि सर्ने सम्भावना छ,’ स्रोतले भन्यो ।

    बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिहरूलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिनाका साथै सरकारको कामलाई प्रभावकारी गराउनेलगायत विषयमा छलफल हुने बताइएको छ।

    तर प्रधानमन्त्री ओली डायलासिसका लागि अस्पताल जाने भएपछि आज बिहान बस्ने भनिएकाे  मन्त्रिपरिषद् बैठक पनि प्रभावित हुने स्राेतकाे भनाइ छ । 

    यसअघि प्रधानमन्त्री ओलीले ग्रान्डीमा दुई पटक डायलासिस गराइसकेका छन् । 

    नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफू सिकिस्त बिरामी नभएको तर मिर्गौलाले राम्रोसँग काम गर्न नगरेकाले अब नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प रहेको जानकारी दिएका छन् ।

    हिजो (शनिबार) बसेको नेकपा सचिवालय बैठकमा उनले मिर्गौलाले राम्रोसँग काम नगरेको र फोक्सोमा पानी जमेकाले ग्रान्डी अस्पतालमा गएर दुईपटक डायलासिस गराएको बताएका थिए । 

    ग्रान्डीमा गरिएका स्वास्थ्य जाँचका केही रिपोर्ट आउन बाँकी रहेको र ती आइसकेपछि डाक्टरले फाइनल गर्ने उनको भनाइ छ ।

    तिहारपछि पहिलोपटक आज बिहान ११ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast