आईतवार, मंसिर १, २०७६
    यातायात

    बस दुर्घटनामा तीन जना घाइते

    शनिबार, १६ कार्तिक २०७६, आहाखबर

    सुर्खेत, १६ कात्तिक

    कटकुवाबाट वनभोज खाएर फर्कँदै गरेको बस वीरेन्द्रनगर–६ घण्टाघरचोक नजिक आज  दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार वनभोज खाएर बाँकेको कोहलपुरतर्फ जाँदै गरेको भे१ख २९१७ नङको बसको बे्रक फेल गई दुर्घटना भएको हो । 

    दुर्घटनामा नेपालगञ्ज उपमहानगरपालिका–१९ कन्ठीपुरका १५ वर्षीया लीला बुढाथोकी, १५ वर्षीय आकाश थापा क्षेत्री र १९ वर्षीय नरेन्द्र उपाध्याय घाइते भएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । घाइतेमध्ये उपाध्यायको वीरेन्द्रनगरस्थित माया नर्सिङहोम र अन्य दुईको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । बसको बे्रक फेल भई सडक किनाराको रुखमा ठोक्किन पुगेको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast