आईतवार, मंसिर १, २०७६
    खेल संसार

    नेपाल आइपुग्यो बेलायती क्रिकेट क्लब 'एमसीसी'

    शनिबार, १६ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, १६ कात्तिक

    इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को टोली शनिबार नेपाल आइपुगेको छ । विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब एमसीसीको टीम नेपाली राष्ट्रिय टिमसँग टी–ट्वेन्टी, एक दीवसीय र फस्ट क्लास क्रिकेट खेल्नका लागि नेपाल आएको हो ।

    एक साता नेपालमा रहने सो टिमले पोखरामा स्थानीय क्लबसँग पनि दुई खेल खेल्ने नेपाल क्रिकेट संघले जनाएको छ ।

    नेपाली क्रिकेट विकासका लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसीले गत वर्ष साउनमा लिगेसी टुरको घोषणा गरेको थियो । यसअघि एमसीसीले सन् २०१५ मा पनि नेपाल भ्रमण गरेको थियो । यता, नेपालले पनि एमसीसीको भ्रमण गरिसकेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast