बिहिवार, कार्तिक २८, २०७६
    राज्य-समाज

    नेकपाको सचिवालय बैठकमा कुनै निर्णय भएन, आइतबार उम्मेदवार तय गर्ने

    शनिबार, १६ कार्तिक २०७६, आहाखबर

    काठमाडौं, १६ कात्तिक 

    नेपाल कम्युनिस्ट पार्टीको सचिवालयको बैठकले उप-निर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने सकेन ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा कास्की क्षेत्र नम्बर २, तीन वटा प्रदेशसभा र रिक्त स्थानीय तहमा मंसीर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्नेबारे प्रारम्भिक छलफल भएको हो ।

    प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारहरूसँग भने, ‘पार्टीका क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला र प्रदेशबाट सिफारिस भई आएका उम्मेदवारका कामबारे प्रारम्भिक छलफल गरियो।’

    उनले आइतबार बस्ने सचिवालय बैठकले उम्मेदवार तय गर्ने जानकारी दिए। सचिवालय बैठक आइतबार कति बजे बस्ने भन्ने अहिले तय भइसकेको छैन। ‘कहीँबाट एक जना, कतैबाट २/३ जनाको नाम सिफारिस भएर आएको रहेछ। पार्टीले न्युनतम ३ जनाको नाम पठाउन भनेको थियो,’ श्रेष्ठले भने, ‘भोलि सचिवालय बैठक बसेर उम्मेदवार तय गर्छौं।’

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast