बिहिवार, कार्तिक २८, २०७६
    राज्य-समाज

    उपनिर्वाचनले सङ्घीय प्रणाली कार्यान्वयनमा सघाउ पुग्छः उपसभापति गच्छदार

    शुक्रबार, १५ कार्तिक २०७६, आहाखबर
    विराटनगर, १५ कात्तिक
     
    नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले आगामी मङ्सीर १४ गते हुने उपनिर्वाचनले सङ्घीय प्रणाली कार्यान्वयनमा सघाउ पुग्ने बताउनुभएको छ ।
     
    विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले लोकतन्त्रलाई संस्थागत गर्न उपनिर्वाचनबाट मद्दत पुग्ने बताउनुभयो । काङ्ग्रेस संसदीय दलका उपनेता समेत रहनुभएका नेता गच्छदारले पार्टीको आजको बैठकले धरान उपमहानगरपालिकाका प्रमुखका लागि तिलक राईलाई सर्वसम्मत् उम्मेदवार छनोट गरेको जानकारी दिनुभयो । उहाँले कात्तिक १७ गते बस्ने काङ्ग्रेस पदाधिकारी बैठकले अन्य उम्मेदवार सर्वसम्मत रुपमा छनोट गर्ने बताउनुभयो । 
     
    “अहिले पार्टीभित्र कुनै गुटउपगुट छैन”, उहाँले भन्नुभयो । आगामी उपनिर्वाचनले जनताको अभिमत र भावनालाई बाहिर ल्याउने तर पार्टीले यसलाई प्रतिष्ठाको विषय नबनाएको उपसभापति गच्छदारको धारणा थियो । आगामी उपनिर्वाचनलाई सरकारको कामको जनताले गर्ने मूल्याङ्कनको परिणामका रुपमा हेर्नुपर्ने उहाँको भनाइ थियो । 
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast