मंगलवार, कार्तिक २६, २०७६
    कला-सौन्दर्य

    बलिउड

    शाहरूख खानको नयाँ सिनेमाको नाम 'सनकी' !

    शुक्रबार, १५ कार्तिक २०७६, आहाखबर

    एजेन्सी, १५ कात्तिक

    'जिरो' सिनेमाको असफलता पछि सिनेमाबाट केही समयलाई विश्राम लिएका बलिउड अभिनेता शाहरूख खानको नयाँ सिनेमाको टुङ्गो लागेको  छ।

    भोलि नोभेम्बर २ का दिन पर्ने जन्मदिनको अवसर पारेर उनले आफ्नो आगामी सिनेमाको नाम घोषणा गर्ने अनुमान गरिएको छ।

    भारतीय संचारमाध्यमका अनुसार सिनेमाको नाम 'सनकी' हुनेछ। सिनेमालाई हाल दक्षिण भारतमा कीर्तिमानी व्यापार गरिरहेको 'बिगिल' सिनेमाका निर्देशक ऐटलीले निर्देशन गर्नेछन्।

    यो सिनेमाको नाम 'सनकी' राख्न शाहरूख खानले नै सुझाएको बताइन्छ। यो पूर्णरूपमा व्यवसायिक सिनेमा हुनेछ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast