शुक्रबार, मंसिर ६, २०७६
    बिदेश

    लेबनानमा १५औँ दिन पनि आन्दोलन जारी !

    बिहिवार, १४ कार्तिक २०७६, आहाखबर

    बेरुत, १४ कात्तिक 

    लेबनानमा भइरहेको आन्दोलन १५ औ दिन पनि जारी रहेको छ । 

    आफ्ना मागहरु पुरा गर्न दवाव दिँदै उनीहरूले देशभरी सडक आन्दोलन गरिरहेको अल जादिद टिभीले बिहीबार जनाएको छ । 

    आन्दोलनकारीहरुले केही सडकहरुमा यातायात अवरुद्ध गरेका थिएभने सेनाले अवरोध खुलाउने प्रयास गरेको थियो । 

    उनीहरूले शासन व्यवस्था परिवर्तन गर्नुपर्ने, आर्थिक अवस्था सुधार गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्नेलगायतका माग राखेका थिए ।

    “हामी स्वतन्त्रता र शान्तिका साथ बाँच्न चाहन्छौँ,” एक आन्दोलनकारीले भने । उनले अहिलेको राजनीतिक बर्गका विरुद्धमा आफुहरू आन्दोलित हुनुपरेको पनि स्पष्ट पारे । 

    विश्वविद्यालयबाट स्नातकोत्तर उत्तिर्ण गरेका एक आन्दोलनकारीले अहिलेको शासन व्यवस्था र शासकहरुका कारण आफुले रोजगारी नभएको भन्दै यो अवस्थामा परिवर्तन आवश्यक रहेकोमा जोड दिए ।

    यसअघि १४औँ दिनसम्म भएको प्रदर्शनका क्रममा पनि उनीहरुले बर्तमान सरकार परिवर्तनको माग गरेका थिए ।

    राष्ट्रपति मिचेल औनले भने आफु वार्तामार्फत् सम्झौता गर्न तयार रहेको बताउँदै आन्दोलनकारीलाई वार्ताका लागि आह्वान गर्नुभएको छ । 
      
    उहाँले नयाँ प्रधानमन्त्रीको नेतृत्वमा नयाँ सरकार गठन गर्न तयार रहेको र त्यसमा सहभागी हुन पनि आन्दोलनकारीलाई आग्रह गर्नुभएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast