बिहिवार, कार्तिक २८, २०७६
    स्वास्थ्य

    अस्पतालबाट निवास फर्कने क्रममा प्रधानमन्त्रीले भने, ‘आई एम फाईन्’

    बिहिवार, १४ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, १४ कात्तिक

    प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी आज साँझ निवास फर्कनुभएको छ । निवास फर्कने क्रममा उहाँले अस्पताल परिसरमा रहेको सञ्चारकर्मीमाझ आफू ठिक रहेको प्रतिक्रिया दिनुभयो । 

    अस्पतालबाट फर्कदै गर्दा निकै प्रफुल्ल मुद्रामा देखिनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “म ठिक छु ।” निवासतर्फ जाने क्रममा प्रधानमन्त्री ओली एक्लै हिँडेर गाडीसम्म पुग्नुभएको थियो । प्रधानमन्त्रीले शारीरिक रुपमा आफूलाई स्वस्थ्य महसुस गर्नुभएको उहाँको अनुहारमा झल्किन्थ्यो । प्रधानमन्त्रीको हाउभाउले आफू ठूलो स्वास्थ्य समस्यामा नरहेको आत्मविश्वास देखाउँथ्यो । उहाँ हाँस्दै गाडी चढ्नुभएको थियो ।  

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast