बिहिवार, कार्तिक २८, २०७६
    स्वास्थ्य

    अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री ओली

    बिहिवार, १४ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, १४ कात्तिक

    प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालबाट डिस्चार्ज भएका छन् । ग्राण्डी अस्पतालका मेडिकल निर्देशक डा. चक्रराज पाण्डेले प्रधानमन्त्री ओलीको मृगौलाको डायलाइसिस सकिएकाले डिस्चार्ज गर्न लागिएको बिहीबार बेलुका पत्रकार सम्मेलन गर्दै जानकारी दिएका थिए ।

    उनले डायलाइसिसपछि प्रधानमन्त्री निदाएकाले केहीबेरपछि डिस्चार्ज गरिने बताएका थिए । प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बिहान ग्राण्डी अस्पताल लगिएको थियो ।

    त्यहाँ उनको डायलाइसिस गरिएको थियो । बुधबार पहिलो डायलाइसिस गराइएको भए पनि अस्पताल र प्रधानमन्त्रीको सचिवालयले भने गोप्य राखेको थियो ।  बिहीबार भने पत्रकार सम्मेलन गरेर अस्पतालका मेडिकल डाइरेक्टर डा. पाण्डेले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराएका थिए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast