बिहिवार, कार्तिक २८, २०७६
    स्वास्थ्य

    यस्ता गल्ती जसले असर गरिरहेकाे छ तपाईंकाे मष्तिस्कलाई

    बिहिवार, १४ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, १४ कात्तिक 

    चोट लाग्दा मात्र मस्तिष्कलाई हानि पुग्ने हैन । दिनभरिको क्रियाकलापका क्रममा हामीहरूले गर्ने गल्तीले मस्तिष्कमा खराब असर पर्छ । 

    हामीले दिनभरीमा धेरै यस्ता गल्तिहरु गर्छाैँ जसको कारण हाम्रो दिमागमा नराम्रो असर पर्न सक्छ । यस्तो अवस्थामा मेमोरी पावर कमजोर भएर मस्तिष्कमा असर पर्ने समस्या अाउनसक्छ । दिमागले सही तरिकाबाट काम गर्न सक्दैन । यदि यी गल्तिहरुलाई समयमा नै सुधार ल्याउन सकियो भने दिमागलाई स्वस्थ राख्न सकिन्छ । 

     

    दिमागलाई असर गर्ने हाम्रा ५ आनीबानीहरु यस्ता छन् ।

    १. कम्तिमा पनि ७ घण्टा सुतेन भने मस्तिष्कले ठिक सँग काम गर्दैन । समय सँगसँगै उसको काम गर्ने क्षमतामा पनि कमी आउँछ । हाम्रो मस्तिष्कमा नराम्रो असर पर्छ ।

    २. धेरै समयसम्म एक्लै बस्ने मानिसहरुमा अल्जाइमरको जोखिम बढ्छ । यसले मस्तिष्कमा नराम्रो असर पार्छ ।

    ३. जङ्क फुडमा एमएसजी नामक एडिटिव मिसाइएको हुन्छ । जुन मस्तिष्कको न्यूरान रिसेप्टर्सका लागि घातक हुन्छ । धेरै मात्रामा जङ्क खाना खानाले टाउको दुख्ने, रिङ्गटा लाग्ने र बान्ता हुने जस्ता समस्या हुन सक्छ ।

    ४. धुमपान गर्दा हाम्रो शरीरमा केही हानिकारक केमिकलहरु प्रसारण हुन्छ । यसले रगतलाई गाढा बनाइदिन्छ र मस्तिष्कमा रगत प्रसारण कम हुन्छ । रगत सञ्चालनमा अवरोध आउँदा समग्र स्वास्थ्य अवस्थामा नै प्रभाव पर्छ ।

    ५. लगातार धेरै समयसम्म हेडफोन वा एरफोनमा ठूलो आवाजमा गीत सुन्नाले मष्तिस्कमा नराम्रो असर पार्छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast