आईतवार, मंसिर १, २०७६
    राज्य-समाज

    प्रधानमन्त्री ओलीलाई भेटेपछि प्रचण्डले भने : आजै बालुवाटार फर्किनुहुन्छ

    बिहिवार, १४ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, १४ कात्तिक

    नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्। 

    ओलीलाई भेटेपछि फर्किदै गर्दा प्रचण्डले अवस्था ठिक रहेको जानकारी दिए । प्रधानमन्त्री ओली आजै डिस्चार्ज हुने जानकारी समेत गराए ।

    ओलीलाई ज्वरो बढेपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । उनको मृगौलाको डायलसिस गरिएको बुझिएको छ । उनका सहयोगी र अस्पतालले ओलीको अवस्था सामान्य भइसकेको बताएपछि चासो र चिन्ता बढेको छ । ओलीलाई भेट्न पुगेका नेकपाका प्रभावशाली नेताहरु त्यतिकै फर्किए । विहान उपप्रधानमन्त्री इश्वर पोखरेलले मात्र भेट्न पाए । भीम रावल र नारायणकाजी श्रेष्ठले भेट्न पाएनन् ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast