बिहिवार, कार्तिक २८, २०७६
    राज्य-समाज

    महरामाथि मुद्दा चलाउने/नचलाउने टुंगो आजै

    बिहिवार, १४ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, १४ कात्तिक

    पूर्वसभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा मुद्दा चलाउने नचलाउने आज टुंगो लाग्दैछ ।

    प्रहरीले ३ हप्ता लगाएर गरेको अनुसन्धानसहित पठाएको राय अध्ययन गरी मुद्दा चलाउने नचलाउने आज टुंगो लगाइने जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डाैले जनाएको छ । मुद्दा दायर गर्ने नगर्ने अधिकार जिल्ला सरकारी वकिललाई छ । मुद्दा दायर भए आजै जिल्ला अदालत काठमाण्डौमा थुनछेक बहस सुरु हुनेछ । 

    थुनछेकको बहस नलम्बिए आजै महरालाई धरौटी वा तारेखमा छुट्ने वा पुर्पक्षको लागि थुनामा पठाउने टुंगो लाग्नेछ ।संसद सचिवालयमा कार्यरत एक महिलालाई यौन दुर्व्यवहारको प्रयास र कुटपिट गरेको अभियोगमा महरालाई गएको असोज १९ गते प्रहरीले पक्राउ गरेको थियाे । महरामाथि अनुसन्धान गर्न तेस्रो पटक थप गरिएको ७ दिनको म्याद आज सकिँदैछ । 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast