बिहिवार, कार्तिक २८, २०७६
    राज्य-समाज

    प्रधानमन्त्री ओली आइसियूमा भर्ना, बिहीबारसम्म ग्राण्डीमै !

    बुधबार, १३ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, १३ कात्तिक

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबारसम्‍म  ग्राण्डी अस्पतालमै बसेर आराम गर्न चिकित्सकले सल्लाह दिएका छन्। 

    स्रोतका अनुसार स्वास्थ्य परीक्षण सकिएकोले राति अबेर भए पनि प्रधानमन्‍त्री आफै पनि बालुवाटार फर्किन इच्छुक रहेको र सचिवालयबाट त्यही पहल भइरहेको छ। तर चिकित्सकहरुले भने बिहीबार बिहानसम्म अस्पतालमै राखेर थप परीक्षण गर्दा राम्रो हुने सल्लाह दिएका छन्। 

    ओलीको स्वास्थ्यमा समस्या आएपछि उनलाई बुधबार बिहान ९ बजे अस्पताल पुर्‍याइएको थियो। अस्पताल लगेदेखि नै उनलाई अति सघन उपचार कक्ष (आइसियू) मा राखेर परीक्षण तथा उपचार भइरहेको छ। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast