आईतवार, मंसिर १, २०७६
    राज्य-समाज

    डा. गोविन्द केसीले १८ गतेबाट सोह्रौं अनशन थाल्दै, कुन जिल्लामा बस्छन ?

    बुधबार, १३ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, १३ कात्तिक

    नेपालको चिकित्सा शिक्षामा भएका विकृतिविरुद्ध विभिन्न चरणमा सत्याग्रह गर्दै आएका डा. गोविन्द केसी सोह्रौं सत्याग्रहको तयारीमा जुटेका छन् ।  

    कात्तिक १८ गतेदेखि उनी सत्याग्रहमा बस्ने तयारी गरेका छन् । उनले आफु कुन जिल्लामा बस्ने भन्ने बारेमा केही बताउन नचाहेको भए पनि यसअघि अघि सारेका मागहरु पूरा गराउनका लागि सत्याग्रहमा बस्न लागेको बताए ।

    २६ वर्ष सेवा गरेर त्रिवि शिक्षण अस्पतालबाट असोज अन्तिममा सेवानिवृत्त डा. केसीले आफ्नो संघर्षको अभियान कायमै रहेको जनाउँदै यही कात्तिक १८ गते सोमबारदेखि आफ्ना पुराना माग र त्यसमा थप नयाँ मागसमेत जोडेर सत्याग्रहको अन्तिम चरणमा रहेको बताए । 

    असोज २७ गते त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै ६ बुँदे माग अघि सारेका थिए ।
    यसपल्टको अनशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा उपचार गराउँदाको खर्च पारदर्शी रुपमा देखाउनुपर्ने माग थप हुने कुरो बुझिएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast