मंगलवार, कार्तिक २६, २०७६
    विज्ञान/प्रविधि

    यस्ता छन् विश्वमा सबैभन्दा बढी ह्याक हुने पासवर्डहरु, कतै तपाईं पनि असुरक्षित हुनुहुन्छ कि ?

    बुधबार, १३ कार्तिक २०७६, आहाखबर

    यस्ता छन् विश्वमा सबैभन्दा बढी ह्याक हुने पासवर्डहरु, कतै तपाईं पनि असुरक्षित हुनुहुन्छ कि ?

    काठमाडौं, १३ कात्तिक

    आजको डिजिटल जीवनको सबैभन्दा ठूलो समस्या भनेको पासवर्ड ब्यवस्थापन नुहुनु हो । लामो वा अप्ठ्यारो पासवर्ड राखे सम्झन ग्राहो हुने र सजिलो पासवर्ड भए अरुले अनुमान गरी एकाउन्ट ह्याक गदिर्ने समस्या हुन्छ । 

    यसरी एकाउन्ट ह्याक हुनुको पछाडीको सबैभन्दा प्रमुख कारण हो, सजिलो पासवर्ड हुनु हो ।विश्वको सबैभन्दा सजिलो र छिट्टै ह्याक हुने पासवर्ड भनेको १२३४५६ हो । बेलायतको नेशनल साइबर सिक्योरिटी सेन्टरले गरेको अनुसन्धानअनुसार विश्वका अधिकाशं मानिसले राख्ने छरितो डिजिटल पासवर्ड भनेको १२३४५६ नै हो ।

    जसलाई विश्वका २ करोड ३० लाखभन्दा बढी मानिसले डिजिटल पासवर्ड राखेको साइबर सेन्टरले जनाएको छ । त्यस्तै ७७ लाखभन्दा बढीले १२३४५६७८९ लाई पासवर्ड राखेका छन् ।

    त्यसका अलावा २५८०, password र १११११ लाई पासवर्ड राख्नेहरुको संख्या समेत लाखौं छ । ह्याकरले सजिलै ह्याक गर्न सक्ने २० जोखिम युक्त पासवर्डहरु निम्नानुसार छन् ।

    १. १२३४५
    २. १२३४५६७८९
    ३. २५८०
    ४. Qwerty
    ५. Password
    ६. १११११
    ७. १२३४५६७८
    ८.abc123
    ९. १२३४५६७
    १०. password1
    ११. १२३४५६७८९०
    १२. १२३१२३
    १३. ००००००
    १४. Iloveyou
    १५. १२३४
    १६. 1q2w3e4r5t
    १७. Qwertyuiop
    १८. १२३
    १९. Dragon
    २०. Monkey

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast