आईतवार, मंसिर १, २०७६
    आर्थिक खबर

    कडा मिहिनेत गरेर परीक्षा दिएका थियौँ, सफलता मिल्यो : अर्थमन्त्री खतिवडा

    बुधबार, १३ कार्तिक २०७६, आहाखबर

    काठमाडौं, १३ कात्तिक 

    विश्व बैंकले जारी गर्ने ‘इज अफ डुइंग बिजनेस’ सुचिमा अघिल्लो वर्षको तुलनामा नेपालले १६ स्थानको ठूलो फड्को मारेको छ । उक्त प्रतिवेदनमा नेपालको प्रगति अपेक्षित रहेको अर्थमन्त्री डा. युवराज खतिवडा बताएका छन् । 

    वल्र्ड बैङ्कको प्रतिवेदनमा १६ स्थानमाथि उक्लनु आफ्नै मिहिनेतको प्रतिफल भएको उनले बताए । खतिवडाले भने,  ‘यसले नेपाललाई खुसी बनाएको छ । १९० देशमा हामी ९४ स्थानमा छौँ । यो हामीले गरेको कडा मिहिनेतको प्रतिफल हो । हामीले राम्रो परीक्षा दिँदादिँदै नतिजा राम्रो आएन भने त्यसले फ्रस्टेड बनाउँछ । यसले राम्रो गर्ने विद्यार्थीलाई हतोत्साहित तुल्याउँछ । गत वर्ष हतोत्साहित बनाए पनि अहिले मिहिनेतको फल मिलेको छ ।’
     
    आफूहरुले बजेटपछि धेरै सुधार गरेको र  कानुनहरुलाई सोहीअनुसार परिमार्जन गरेको उल्लेख गर्दै उनले भने, गत वर्ष पनि व्यापार सुधार गरेका थियौँ तर नतिजा भने उल्टो आयो, यस वर्ष सोचेअनुरूपको सफलता मिलेको छ ।’ 
    स्थानीय तहका करमा केही समस्या देखिएको रिपोर्टले देखाएको छ । अर्को वर्ष दुवै क्षेत्रमा व्यापक सुधार गर्ने अर्थमन्त्री खतिवडाले प्रतिबद्धता व्यक्त गरे । ‘नयाँ व्यवस्था भएकाले स्थानीय तहमा केही समस्या भएकै हो,’ उनले भने, ‘अर्को वर्ष ती सम्पूर्ण समस्या समाधान हुन्छ ।’डुइङ बिजनेस रिपोर्टले विद्युतको गुणस्तर बारेमा भने प्रश्न उठाएको छ । त्यसलाई पनि अर्को वर्ष सुधार गर्ने अर्थमन्त्री खतिवडाले प्रतिबद्धता जनाए । 

    ‘त्यसैगरी, निजी क्षेत्रले उद्योग खोल्न जति सजिलो छ, बन्द गर्न त्यति सहज छैन भन्ने गुनासो गरिरहनु भएको छ,’ उनले भने, ‘त्यसलाई पनि सहज बनाइन्छ । त्यसको प्रक्रियाअघि बढिसकेको छ ।’
     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast