शुक्रबार, मंसिर ६, २०७६
    बिदेश

    बेलायती प्रधानमन्त्रीको प्रस्ताव बहुमतले पारित, आउँदो डिसेम्बर १२ तारिखमा आमनिर्वाचन हुने

    बुधबार, १३ कार्तिक २०७६, आहाखबर

    बेलायत, १३ कात्तिक 

    ब्रिटिश संसद्‌को तल्लो सदन हाउस अफ कमन्सले समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावलाई बहुमतले पारित गरेको छ।

    योसँगै अब त्यहाँ आउँदो डिसेम्बर महिनाको १२ तारिखमा आमनिर्वाचन हुने निश्चित भएको छ । ब्रिटेनमा सन् १९२३ पछि पहिलो पटक डिसेम्बर महिनामा आमनिर्वाचन हुनेछ ।निर्वाचनसम्बन्धी विधेयकको पक्षमा ४३८ मत खसेको थियो भने विपक्षमा २० जना सांसद उभिएको बिबिसीले जनाएको छ । माथिल्लो सदन हाउस अफ लर्डस्ले यो प्रस्ताव पारित ग¥यो भने मात्र त्यो कानुन बन्नेछ ।यदी निर्वाचन भएमा चुनावी प्रचारप्रसारका लागि पाँच हप्ताको समय हुनेछ ।

    प्रधानमन्त्री जोनसनले बेलायत ईयूबाट बाहिरिने ‘ब्रेक्जिट’बारे निर्णय लिने अवसर ‘जनता’लाई दिइनुपर्ने बताउँदै आएका छन् ।आमनिर्वाचनले ब्रेक्जिटका लागि आफूलाई नयाँ जनादेश दिने र संसद्मा जारी गतिरोधलाई अन्त्य गर्ने उनको विश्वास छ । संसद्मा उत्पन्न गतिरोधले नै ब्रेक्जिट मिति जनवरी ३१ तारिखसम्म लम्बिएको छ ।

    प्रधानमन्त्री जोनसनले ब्रक्जिट प्रक्रियालाई निष्कर्षमा पु¥याउन सिङ्गो देश एकसाथ उभिनुपर्ने बताए । ब्रेक्जिटको विषयलाई लिएर पार्टीबाट विद्रोह गरी निस्केका २१ मध्ये १० जना कन्जरभेटिभ सांसदलाई उनले पार्टीभित्र फर्काएका छन् । उनीहरूले कन्जरभेटिभ उम्मेदवारका रूपमा चुनावमा भाग पाउने छन् ।

    सो सम्बन्धमा लेबर पार्टीका नेता जेरेमी कोर्बिनले मुलुकलाई रुपान्तरण गर्न र नियोजित स्वार्थलाई हटाउनका निम्ति निर्वाचन एउटा पुस्ताले पाउने अवसर भएको बताएका छन् । 

    उनले मुलुकले नदेखेको परिवर्तनका लागि आफ्नो पार्टीले  फरक किसिमको महत्वाकाङ्क्षी चुनावी अभियान ल्याउने बताएका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast