मंगलवार, मंसिर ३, २०७६
    राज्य-समाज

    डिभी भर्नुभयो ? छैन भने आफै भर्नुहोस्

    बुधबार, १३ कार्तिक २०७६, आहाखबर

    काठमाडौं, १३ कात्तिक

    अमेरिका जाने सजिलो उपायका रुपमा हरेक बर्ष अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)भर्नेहरुको संख्या हजारौं हुन्छ । 

    कतिपयले डिभी फर्म आफैं भर्छन भने कतिपयले विभिन्न पसलहरुबाट भर्ने गरेको पाइन्छ। कार्तिक १९ गते मंगलबार राति १०ः४५ बजेसम्म डिभी भर्न पाइन्छ । अन्तिम मिनेटमा डिभी भरे पनि फरक पर्दैन । किनकि यो चिठ्ठा हो । सबै आवेदकलाई कम्प्युटरले एउटै मान्यता दिन्छ र चिठ्ठामा समावेश गर्छ । 

    यसैबिच अमेरिकी दुतावासले डिभी फर्मका बारेमा आफ्नो तर्फबाट केहि प्रष्ट पार्ने प्रयास गरेको छ। दुतावासले सूचना जारी गरि पहिले डिभी भर्नेलाई पर्ने र पछि भर्नेलाई नपर्ने भनी बजारमा ठगी बढेकोसमेत बताएको छ । 

    दुतावासले आफै डिभी भर्न भनेको छ । यसो गर्दा उनीहरु कत्तिको दक्ष छन् मुल्यांकन पनि हुन्छ । ठगीबाट जोगिन पनि सक्छन् । 

     

    कस्तो ठगी ?

    बजारमा डिभी भर्नका लागि सयौंको संख्यामा त्यस्ता थुप्रै  ‘पसल’ खुलेका छन् जसले ठूलो ब्यापार गरिरहेका छन् । फोटोग्राफी ‘पसल’ मा त असोजको मध्यदेखि ब्यापार नै भइरहेको छ । 

    थुप्रै त्यस्ता पसलले विगतमा यतिधेरै डिभी पर्यो भनेर प्रचार पनि गरिरहेका छन् । त्यतिमात्र हैन अमेरिकाले घरमै बसेर निःशुल्क भर्न सकिने डिभीमा भइरहेको ठगीमा नफस्न आग्रह गरिरहेको छ । त्यस्ता पसले भने फोटो निःशुल्क दिने नाममा महंगोमा डिभी भराइरहेका छन् ।

    त्यसैगरी घरका अरु सदस्यको पनि एकैसाथ भर्ने भए डिस्काउन्ट दिने लोभ पनि त्यस्ता पसलेले दिइरहेका छन् । 
    पासपोर्ट भएकाहरुले अझै ६ दिन भित्र डिभी भर्न सक्नेछ्न् । यो पटकदेखि पासपोर्ट नभएकाहरुले डिभी भर्न नपाउने व्यवस्था अमेरिकाले गरेको छ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast