आईतवार, मंसिर १, २०७६
    आर्थिक खबर

    तिहार सकिएलगत्तै सस्तियाे तरकारी, उपभोक्तालाई राहत मिल्ने

    बुधबार, १३ कार्तिक २०७६, आहाखबर

    काठमाण्डौ, १३ कात्तिक 

    तिहार भोलिपल्टै तरकारीको भाउ ओरालो लागेको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार कुनै-कुनै तरकारीको मूल्यमा ३५ प्रतिशत सम्मले कमी आएको छ।  

    काठमाण्डौको मुख्य थोक बजार कालीमाटीमा आज बुधबार हरियो धनियाँ सस्तो भएको छ ।

    किलोमा १ सय ७० रुपैयाँ भाउ घटेर हरियो धनियाँ बुधबार किलोको ४ सय ४५ रुपैयाँ खुद्रा मुल्य तोकिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएकाे छ । मंगलबार हरियो धनियाँ किलोको ६ सय १५ रुपैयाँ खुद्रा मुल्य तोकिएको थियो ।

    यस्तै गान्टे मुलाको भाउ पनि किलोमा ५० रुपैयाँले घटेर किलोको १ सय ५ रुपैयाँ खुद्रा मूल्य तोकिएको छ । भाउ घटेपछि पाते च्याउ किलोको १ सय ९० रुपैयाँ, डल्ले च्याउ किलोको ५ सय १५ रुपैयाँ, मूला किलोको ५५ रुपैयाँ, गाजर किलोको १ सय ६५ रुपैयाँ खुद्रा मुल्य तोकिएको छ । 

    अरु तरकारीको भाउ भने मंगलबारकाेजस्तै छ । बजारमा बुधबार रातो भारतीय आलु किलोको ५० रुपैयाँ, बन्दा किलोको ६५ रुपैयाँ, रायोको साग किलोको १ सय ६५ रुपैयाँ, पालुंगोको साग र चमसुरको साग किलोको १ सय ५५ रुपैयाँ, अदुवा किलोको २ सय २५ रुपैयाँ र सुकेको खुर्सानी किलोको ३ सय ९० रुपैयाँ खुद्रा मूल्य तोकिएको समितिले जनाएको छ ।  

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast