मंगलवार, कार्तिक २६, २०७६
    कला-सौन्दर्य

    बलिउड

    क्याट्रिनाका नयाँ व्वायफ्रेन्ड विक्की कौशल !

    बुधबार, १३ कार्तिक २०७६, आहाखबर

    एजेन्सी, १३ कात्तिक

    अहिले भारतीयमाझ एउटा भिडियो निकै छाइरहेको छ । दुई दिनअघिको यो भिडियोमा अभिनेत्री क्याट्रिना कैफ देखिएकी छिन् । र, उनीसँगै छन् विक्की कौशल पनि । 

    अभिनेता अमिताभ बच्चनले दिएको पार्टीबाट यी दुई सँगै निस्किएका हुन् । तर, टाइम्स अफ इन्डियाले यी दुई सँगै निस्किए पनि फरक फरक गाडीमा फर्किएको लेखेको छ । तर, भारतीयहरु यो तथ्य मान्न तयार छैनन् । उनीहरु त क्याट्रिनाका नयाँ व्वायफ्रेन्ड विक्की कौशल भएको लेखिरहेका छन् । 

    त्यसो त पार्टीबाट बाहिर निस्किँदा यी दुईले बेलाबेलामा राम्रै पोज पनि दिएका थिए । त्यसैले पनि यी दुईबीच अफेयर चलेको कुरालाई यो प्रसंगले थप जोडबल पुगेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast