बिहिवार, कार्तिक २८, २०७६
    पर्यटन समाचार

    निर्मल पूर्जाले चढे ७ महिनामा ८ हजार मिटरमाथिका सबै १४ हिमाल

    बुधबार, १३ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, १३ कात्तिक

    विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको यो वर्षको सिजनमा लामबद्ध आरोहीको तस्बिर अधिकांशलाई स्मरणमा हुनु पर्छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय मिडियामा सो तस्बिर खुब प्रयोग भयो । सो तस्बिर लिएका थिए, नेपाली आरोही निर्मल पूर्जाले ।

    उनै निर्मल पूर्जाले विश्व कीर्तिमान बनाएका छन्, र त्यो हो सात महिनाभित्र विश्वमा रहेका ८ हजार मिटर भन्दा अग्ला सबै १४ वटा हिमालको आरोहण ।

    ३६ वर्षका पूर्जाले मंगलबार बिहान चीनको शीशापाङ्मा हिमालको चुचरोमा आफ्नो अभियान पूरा गरेका हुन् । यसअघि सो कीर्तिमान पोल्यान्डका जेर्जी कुकुक्जाको नाममा थियो, उनले आठ वर्ष लगाएर ८ हजार मिटर भन्दा माथिका सबै १४ हिमालको आरोहण अभियान पूरा गरेका थिए सन् १९८७ मा ।

    पूर्जाले गएको एप्रिलमा आफ्नो अभियान सुरु गरेका थिए । उनले गएको मे मा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए । पूर्जाले उनले सगरमाथा, लोत्से र मकालु हिमाल पाँच दिनमा चढेका थिए ।

    सेप्टेम्बरमा उनको अभियान तिब्बतमा रहेको शीशापाङ्मा हिमाल चढ्न चिनियाँ सरकारले अनुमति नदिँदा रोकिएको थियो । नेपालले चीन सरकारलाई अनुरोध गरेपछि उनले अक्टोबर १५ मा अनुमति पाएका थिए ।

    निर्मल पूर्जाले सात महिनामा चढेका १४ हिमालहरु (मितिसहित)
    नेपालको अन्नपूर्ण अप्रिल २३
    नेपालको धौलागिरी मे १२
    नेपालको कञ्जनजङ्गा मे १५
    नेपालको सगरमाथा मे २०
    नेपालको लोत्से मे २२
    नेपालको मकालु मे २४
    पाकिस्तानको नाङ्गापर्वत जुलाई ३
    पाकिस्तानको जी १ जुलाई १५
    पाकिस्तानको जी २ जुलाई १८
    पाकिस्तानको के २ जुलाई २४
    पाकिस्तानको ब्रोड पिक जुलाई २६
    चीनको छो यू सेप्टेम्बर २३
    नेपालको मनास्लु सेप्टेम्बर २७
    चीनको शीशापाङ्मा अक्टोबर २९

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast