शनिबार, मंसिर ७, २०७६
    धर्म-संस्कृति

    नेवार समुदायले आज किजा पूजा मनाउँदै !

    बुधबार, १३ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, १३ कात्तिक

    मंगलबार भाइटीका नलगाएका नेवार समुदायले बुधबार लगाउँदैछन् । मंगलबार म्हः पूजा अर्थात् आत्मपूजा गरेका नेवार समुदायले बुधबार किजा पूजा अर्थात् भाइटीका लगाउन लागेका हुन् ।

    मंगलबार नेपाल सम्वतको नयाँ वर्ष भएकाले आज किजा पूजा मनाउन लागिएको नेवार समुदायका अगुवाहरुले बताएका छन् । बुधबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन सकिने उनीहरुको भनाइ छ ।

    कतिपयले भने नेपाल पञ्चांग निर्णायक समितिको निर्णयअनुसार मंगलबार नै किजा पूजा मनाएका छन् ।

    किजा पूजाको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ ।

    किजा पूजामा म्हः पूजाकै दिनमा जस्तै मण्डप तयार गरी विमिरोदेखि सबै प्रकारका फलफूल राख्ने गरिन्छ । त्यसपछि दाजुभाइ दिदीबहीनीले एकअर्कालाई अक्षता, अविर, दहि, चिउरा र पानी राखेको रातो टीका लगाइदिन्छन् । त्यसलाई नेवारी संस्कारमा ‘जाकि सिन्ह’ भनिन्छ । त्यसपछि एकअर्काको दीर्घायूको कामना गर्दै सगुन, उपहार आदि दिने चलन छ ।

    नेपाल पञ्चांग निर्णायक समितिले भाइटीकाकै दिन म्हः पूजा गर्ने निर्णय गरेको थियो । त्यही निर्णय अनुसार कतिपयले मंगलबार नै म्हः पूजा गरे । कतिपयले भने भाइटीकाको अघिल्लो दिन म्हः पूजा गर्ने चलन रहेको भन्दै सोमबारै म्हः पूजा गरेका थिए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast