शुक्रबार, मंसिर ६, २०७६
    बिदेश

    मोदीमाथि आक्रमणको चेतावनी, बढाइयो सुरक्षा

    मंगलवार, १२ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, १२ कात्तिक 

    भारतका राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीमाथि आक्रमणको आशंका गरिएको छ । त्यसैले उनीहरुको सुरक्षा बढाइएको छ । 

    भारतीय न्युज एजेन्सीका अनुसार भारतको राष्ट्रिय जाँच एजेन्सीलाई उनीहरुमाथि आक्रमण गर्ने चिठी आएको थियो । यो चिठी कसले पठाएको हो भन्ने चाहिँ खुलेको छैन । तर, दिल्ली प्रहरी र भारतको प्रहरीले उनीहरुमाथि सुरक्षा बढाउन निर्देशन दिइसकेको छ । 

    यही चिठी भारतीय क्रिकेट बोर्डलाई पनि दिइएको थियो । त्यसैले विराट कोहलीमाथि पनि सुरक्षा बढाइएको छ ।

    दिल्ली प्रहरीलाई उद्धृत गर्दै भारतीय मिडियाले यस्तै आक्रमणको आशंका पछिल्लो समय अन्य भारतीय नेतामाथि पनि गरिएको बताएका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast