आईतवार, मंसिर १, २०७६
    खेल संसार

    बी एण्ड आर कप महिला क्रिकेटका लागि नेपाली यू-१९ टिम घोषणा

    मंगलवार, १२ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, १२ कात्तिक

    बी एण्ड आर कप महिला क्रिकेटका लागि नेपाली यू-१९ टिम घोषणा भएको छ ।

    डोली भट्टलाई कप्तानीको जिम्मेवारी दिइएको छ । टोलीमा कविता कुँवर, कृतिका मरासिनी, यसोदा विष्ट, रवि पोद्दार, राजमति ऐरी, इश्वरी विष्ट र लक्ष्मी साउद छन् । 

    यस्तै सुशी डंगोल, हिसिला लामा गुरुङ, ज्योति दनुवार, निगम तामाङ, शिला क्षत्री, लक्षीता रायमाझी, गोमा आले, पेम लामु शेर्पा, मनिशा मगर र सृष्टि पौडेल छन् ।

    १४ मध्ये चार जनालाई बैकल्पिकमा पर्नेछन् । नेपाली टोली ७ नोभेम्बरमा चीन प्रस्थान गर्नेछ ।

    ११ नोभेम्बरबाट साइघाईमा सुरु हुने प्रतियोगितामा साउदी अरेविया, थाइल्याण्ड, मलेसिया, म्यानमार र घरेलु टोली चीन सहभागी छन् ।

    नेपालको पहिलो खेल थाइल्याण्डसँग हुनेछ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast