बिहिवार, कार्तिक २८, २०७६
    यातायात

    भाइटीकाको दिन प्रहरीको निःशुल्क बस सेवा

    मंगलवार, १२ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, १२ कात्तिक

    चितवन प्रहरीले भाइटीकाको दिन निःशुल्क बस सेवा सञ्चालन गरेको छ । आजको दिन सार्वजनिक सवारीसाधन कम चल्ने भएकाले यात्रुहरुलाई सहजता प्रदान गर्न निःशुल्क बससेवा सञ्चालन गरेको प्रहरीले जनाएको हो ।

    प्रहरीले पाँचवटा बस पश्चिम र पूर्वी चितवन क्षेत्रमा सञ्चालन गरेको छ । भरतपुरको चौविस कोठीबाट पटिहानी र मेघौली तथा नारायणगढबाट लोथरसम्म निःशुल्क बससेवा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो । उहाँले भरतपुर महानगरपालिकासँगको समन्वयमा बस सञ्चालन गरिएको जानकारी दिनुभयो । प्रहरी स्कूल, जुनियर प्रहरी अधिकृत शिक्षालय, चितवन मेडिकल कलेजको बस र विभिन्न स्कूलका बस निःशुल्क सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast