शुक्रबार, मंसिर ६, २०७६
    बिदेश

    बेलायती राजपरिवारमा किचलो, महारानीले हटाइन् राजकुमारको तस्वीर !

    सोमबार, ११ कार्तिक २०७६, आहाखबर

    काठमाडौं, ११ कात्तिक 

    पछिल्लो समय बेलायतको राजनीतिक गतिरोधसँगै यहाँको राजपरिवारमा पनि किचलो सुरु भएको छ । आपसी मतभेद् बढ्दै जाँदा राजपरिवारका सदस्यहरु समेत विखण्डनमा पुगेका छन् । उनीहरु अलग–अलग भएर बस्ने निर्णयमा पुगेको बताइन्छ ।

    हालै आईटिभीले ह्यारीबारे बनाएको डकुमेन्ट्रीबाट पनि परिवारभित्रको विवाद बाहिरियो । बेलायती महारानी एलिजाबेथले ह्यारी र मेघनको तस्बिर आफ्नो कोठाबाट झिकेकी छन् । त्यस ठाउँबाट विलियम र केटको तस्बिर भने उनले हटाएकी छैनन् ।

    राजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्केल देश नै छाडेर दक्षिण अफ्रिका जाने तयारी गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

    २०१८ मा मात्रै ‘हेलो म्यागजिन’ले प्रकाशित गरेको समाचारमा एलिजाबेथको कोठामा ह्यारी र मेघनको तस्बिर थियो । पछिल्लो समय भने त्यो तस्बिर त्यो कोठाबाटै हटाइएको छ । एलिजाबेथको यस्तो निर्णयलाई लिएर धेरैले पारिवारिक मतभेद्सँग जोडेर टिप्पणी गरेका छन् । त्यसो त, राजपरिवारबारे मेघनको टिप्पणीप्रति एलिजाबेथ असन्तुष्ट थिइन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast