आईतवार, मंसिर १, २०७६
    सावधान

    राति १० बजेपछि देउसीभैलो खेल्नेलाई हुनेछ यस्तो कारवाही

    आईतवार, १० कार्तिक २०७६, आहाखबर

    काठमाडौं, १० कात्तिक

    सरकारले राति १० बजेपछि देउसी र भैलो खेल्न रोक लगाएको छ । त्यसका लागि सरकारले देशभरका स्थानीय प्रशासन कार्यालयहरुलाई उर्दी जारी गरेर राति १० बजेदेखि बिहान ६ बजेसम्म देउसी भैलोमा रोक लगाउन आग्रह गरेको छ ।  

    गृह मन्त्रालयले स्थानीय प्रशासनको आदेश अटेर गरेको पाइए शान्तिसुरक्षा व्यवस्थापनमा खलल पुर्याएको अभियोगमा कारबाही गरिने चेतावनी दिएको छ । देउसीभैलो लगायतका कार्यक्रममा अरुलाई नकारात्मक असर पुग्नेगरी कुनैपनि गतिविधि नगर्नसमेत स्थानीय प्रशासनले सचेत गराएको छ ।
     
    पटका आतासबाजी गर्नेमाथि पनि कारबाही
     
    तिहारको समयमा पटका, आतासबाजी, रकेट जस्ता बारुद तथा विस्फोटकजन्य वस्तु ओसारपसार तथा बेचबिखन गर्नेमाथि पनि कारबाही गरिने गृह मन्त्रालयले बताएको छ । 

    बारुदजन्य पदार्थ ओसारपसार तथा बिक्री वितरण नियन्त्रण गर्न सादा पोशाक र गस्तीसहितको प्रहरी टोली नै खटिएको छ । 

    त्यसका लागि महानगरीय प्रहरी कार्यालयले राजधानी भित्रिने थानकोट, बल्खु, साँखु, साँगा लगायत नाकामा कुकुरसहितको अनुसन्धान टोली परिचालन गरेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast