शुक्रबार, मंसिर ६, २०७६
    बिदेश

    आईएस प्रमुख बगदादी मारिएको डोनाल्ड ट्रम्पको घोषणा

    आईतवार, १० कार्तिक २०७६, आहाखबर

    एजेन्सी, १० कात्तिक

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबू बकर अल बग्दादी मारिएको दाबी गरेका छन् ।

    आइतबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिकी सेनाको एउटा अपरेसनमा बग्दादी मारिएको दाबी गरेका हुन् ।

    यसभन्दा अघि ट्रम्पले आइतबार ट्वीटमा गर्दै ‘केही ठूलो कुरा भयो’ भनेका थिए ।

    बग्दादी इस्लामिक स्टेटका प्रमुख हुन् र पछिल्लो पाँच वर्षदेखि अण्डरग्राउण्ड थिए । अप्रिलमा आईएसको मिडिया विंग अल फूरकानले जारी गरेको भिडियोमा उनी जिवित रहेको दाबी गरिएको थियो ।

    २०१३ जुलाईमा मसुलको मस्जिदमा भाषण गरेपछि बग्दादी त्यसबला पहिलो पटक देखिएका थिए । फेब्रअरी २०१८ मा पनि अमेरिकी अधिकारीले २०१७ मेमा गरिएको हवाई आक्रमणमा उनी घाइते भएका थिए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast