बिहिवार, कार्तिक २८, २०७६
    ओएमजी Omg!

    विश्वको ५५० औं धनी : आमा बाबुले दिएको उपहारले एक छोरा बने अरबपति

    आईतवार, १० कार्तिक २०७६, आहाखबर

     एजेन्सीहरु, १० कार्तिक । 

    यदी आफ्नै मातापिताबाट प्राप्त भएको उपहारले कुनै छोरा रातारात भएमा तपाईं त्यसलाई के भन्नुहुन्छ ? हो, अमेरिकाको पेन्सिलभेनिया निवासी २४ वर्षे ठिटो अहिले चर्चाको शिखरमा छन् ।

    जसको कारण हो एरिकलाई उनका आमाबाबुले दिएको उपहार र मुल्य । 

     

    यस्तो छ सप्र्राइज गिफ्ट 

    अमेरिकाको पेन्सिलभेनियामा चीनको सिनो फर्मास्युटिकलका संस्थापक त्से पिंग तथा उनकी पत्नी चेयुंग लिन चेंगले कंपनीको २१ दशमलव ५ प्रतिशत  हिस्सेदारी आफ्ना २५ वर्षे छोरा एरिकलाई उपहारकोरुपमा दिएका हुन् । 

     

    शेयर मुल्य कति ?
    वाशिन्टन पोष्टमा प्रकाशित एक रिपोर्टका अनुशार एरिकलाई उनका माता पिताले यस साताको सुरुवातमा उक्त उपहार दिएका हुन् ।

    उनीहरुले छोरालाई दिएको उपहार कम्पनी पूँजीको पाचौं भाग हो । जसको शेयर भ्यालुएशन ३ दशमलव ८ अर्ब डलर रहेको छ । 

    यससँगै विश्वको ५५० औं धनी बनेका एरिकको अब वार्षिक कमाई ५ लाख डलर हुने समेत प्रक्षेपण गरिएको छ । 

     

    डोनाल्‍ड ट्रम्प भन्दा धनी

    सिनो फर्मास्यूटिकलका अनुशार एरिक विश्वका धनी मानिसहरुको सूचिमा सामेल हुन भने त्यति इच्छुक छैनन् ।

    रिपोर्टका अनुशार अब एरिकको सम्पत्ति अमेरिकी राष्ट्रपति डोनाल्‍ड ट्रम्प, हलीवुड डाइरेक्‍टर स्टीवन स्पीलबर्ग र स्टारबक्सका संस्थापक हावर्ड शुल्त्सको भन्दा बढी हुन गएको छ । 


    मिलनसार एरिक 
    ऐरिकको जन्‍म सिएटलमा भएको थियो भने उनले बेइजिंग तथा हंगकंगमा स्कुले शिक्षा प्राप्त गरेका थिए ।

    त्यस्तै उनले पेन्सिलभेनिया विश्वविद्यालयको  व्हार्टन स्कूल अफ फाइनान्सबाट स्नातक उत्तीर्ण गरेका छन् । 

    निकै मिलनसार स्वभावका एरिक सधैं आफूलाई प्राप्त भएको सकारात्मकता आफ्नो आसपासका मानिससम्म पुर्याने कोशिशमा रहन्छन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast