आईतवार, मंसिर १, २०७६
    सावधान

    चितवनमा गैँडाको आक्रमणबाट एक जना घाइते

    शनिबार, ९ कार्तिक २०७६, आहाखबर

    मुग्लिन, ९ कात्तिक

    चितवनमा गैँडाको आक्रमणबाट एक जना घाइते भएका छन् । 

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका– २८ भङ्गाहामा  गैँडाको आक्रमणबाट आज बिहान ११ बजे सोही स्थान बस्ने ५४ वर्षीया जीतबहादुर बोटे घाइते भएका हुन् । बोटे धान खेतमा गैँडालाई लखेट्न जाँदा गैँडाको आक्रमणमा परी घाइते भएका हुन् ।    

    उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको गर्धन र हातमा चोट लागेको प्रहरीले जनाएको छ ।    

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast