मंगलवार, कार्तिक २६, २०७६
    कला-सौन्दर्य

    साउथ फिल्मका नायकले गरे आत्महत्या

    शनिबार, ९ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, ९ कात्तिक

    साउथ फिल्म इन्डष्ट्रिका एक नायकले आत्महत्या गरेका छन् । नायक ससिकुमारले कलिउड सिनेमाका स्टार थिए र टिभी इन्डष्ट्रिमा पनि काम गरिसकेका थिए ।

    घटना गत बिहिबारको हो । ससिकुमारको शव जोलारपेट्टाई रेलवे स्टेशन नजिकैको एउटा रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो । अहिले घटनाको अनुसन्धान चलिरहेको छ । मिडिया रिपोर्टलाई मान्ने हो भने वालासारावक्कममा बस्ने ससिकुमारले आफ्नी श्रीमतीलाई आफू बेंगलुरु ट्रिपमा जान लागेको बताएका थिए ।

     

    श्रीमती पनि हुन् नायिका

    टाइम्स अफ इन्डियाको रिपोर्टलाई मान्ने हो भने जब ससिकुमारको शव मानिसहरुले देखे तब यसबारे पुलिसलाई जानकारी दिइयो । पुलिसको प्रारम्भिक रिपोर्टमा बताइए अनुसार नायक पैसाका कारण डिप्रेशनमा थिए । 

    नायक र उनकी श्रीमती राघवका एक छोरा छन् । स्मरण रहोस् ससिकुमारकी श्रीमती पनि टिभीको चर्चित नाम हो र राजनीकान्तको फिल्म राजा चिन्ना रोजामा पनि देखिइसकेकी छिन् । हुन त ससिकुमार टिभी नायक थिए, तर उनी थुप्रै तमिल फिल्ममा पनि देखिइसकेका छन् । उनले क्यामराम्यानको रुपमा पनि काम गरेका थिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast