शुक्रबार, मंसिर ६, २०७६
    बिदेश

    क्यालिफोर्नियाको जंगलमा भीषण आगलागी, ८ लाख ५० हजार घरमा विद्युत आपूर्ति बन्द

    शनिबार, ९ कार्तिक २०७६, आहाखबर

    एजेन्सी ९ कात्तिक ।

    अमेरिकाको क्यालिफोर्नियाको जंगलमा भीषण आगलागी हुँदा ३६ काउन्टीहरुमा विद्युत आपूर्ति बन्द भएको छ । 

    आगो नियन्त्रणमा लिने प्रयासमा अग्नियन्त्रकहरु छन् । हवाई तथा स्थल अग्नि नियन्त्रकहरु खटिएका छन् ।

    आगो निभाउने प्रयास जारी रहँदा क्यालिफोर्नियाका धेरै ठाउँमा विद्युत आपूर्ति बन्द भएको हो । 

    ८ लाख ५० हजार घरमा विद्युत आपूर्ति बन्द भएको सेवा प्रदायकले जनाएको छ । तीव्र गतिमा हावा चलेकाले आगो नियन्त्रणमा लिन कठिनाई भएको छ भने आगो झन फैलिने भय देखिएको छ ।

    जंगलमा लागेको आगोका कारण ५० हजार मानिसले घर छोडेका छन् । लस एन्जलस र सोनोमा काउन्टीमा आपतकालिन अवस्था घोषणा गरिएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast