शनिबार, मंसिर ७, २०७६
    धर्म-संस्कृति

    तिहार : आजबाट यमपञ्चक सुरु, घर घरमा कागको पूजा गरिँदै

    शनिबार, ९ कार्तिक २०७६, आहाखबर

    काठमाडौं, ९ कार्तिक । 

    हिन्दुहरुको दोश्रो महान पर्व अन्र्तगत आजबाट यमपञ्चक सुरु भएको छ । यस दिन हरेकको घरमा कागको पुजा गरि मनाईदै छ ।

    विशेषगरी सन्देश वाहकको पंक्षीको रुपमा कागलाई पूजा गर्ने चलन पहिलादेखि नै चलिआएको मानिन्छ । यस्तै, आज साँझदेखि यमराजलाई प्रशन्न बनाउन दीपदान गर्ने चलन पनि रहेको छ ।

     

    दीपदानको महिमा 

    यसरी दीपदान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने शास्त्रीय मान्यता रहेको बताइन्छ ।

     

    आजको दिनमा के गर्ने ?

    कार्तिक कृष्ण त्रयोदशीका दिन आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुडा किनेर ल्याई घरमा पूजाआजा गरेमा लक्ष्मीस्थिर भई बस्छिन् भन्ने धार्मिक विश्वास छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast