बिहिवार, कार्तिक २८, २०७६
    मुभी-थिएटर

    तिहारका लागि फिल्म : ‘पोइ पर्‍यो काले’ एक्लै प्रदर्शनमा

    शुक्रबार, ८ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, ८ कात्तिक

    नेपाली हलमा शुक्रबारबाट फिल्म ‘पोईपर्‍यो काले’ प्रदर्शनमा आएको छ । शिशिर राणाको निर्देशनमा बनेको फिल्ममा अभिनेता आकाश श्रेष्ठ, सौगात मल्ल, अभिनेत्री पुजा शर्मा, सृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल लागायतको अभिनय छ ।

    किरण नेपालीको प्रस्तुती तथा राजिव गुरुङ (दिपक मनाङ्गे) र सरोज नेपालीको लगानी रहेको फिल्मले रंगभेद विरुद्धको कथा बोल्ने छ ।

    तिहार पर्वमा पर्ने विदा लक्षित नेपाली फिल्महरू मध्ये पोइपर्‍यो काले एक्लै प्रदर्शनमा आएको हो। यस अघि फिल्म ‘घामड सेरे’ यसै शुक्रबारबाट प्रदर्शनमा आउने भनिए पनि प्रदर्शन हुन सकेन । 

    शुक्रबारबाट नेपाली फिल्म ‘पोइ पर्‍यो काले’ एक्लै प्रदर्शनमा आए पनि बलिउड फिल्म ‘हाउस फुल ४’ र ‘मेड इन चाइना’ पनि आजैबाट प्रदर्शनमा आएका छन् ।

    यिनै बलिउड फिल्मको प्रदर्शनका कारण आजकै मितिबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘घामड शेरे’ ले आफ्नो प्रर्दशन मिति पर सारेको छ । अब, उक्त फिल्म कातिक २२ बाट मात्र प्रदर्शनमा आउने छ । त्यसैगरि कात्तिक २२ बाट प्रदर्शन तयारीमा रहेको फिल्म ‘शरौतो’ काक्तिक २९मा पुगेको छ ।

    बलिउड फिल्मको प्रभावका कारण हलमा कम शो पाएका कारण ‘घामड शेरे’ले आफ्नो प्रदर्शन मिति पछि सारेको हो। जसबाट फिल्म पोइ पर्‍यो कालेले हलमा केही राहत महसुस गरेको छ। फिल्मले शक्रबार क्युएफएक्स अन्तर्गत १३ शो पाउन सफल भएको छ भने, सिटिसीमा २ शो, बिग मुभिजमा २, डिएसआर अन्र्तगत २, एफ क्युव अन्तर्गत २ शो तथा अन्य मल्टिप्लेक्स हलमा पनि दुई–दुई शो प्राप्त गरेको फिल्म वितरक कम्पनी रिच इन्टरटेन्मेन्टका प्रतिनिध करण श्रेष्ठले जानकारी दिए।

    श्रेष्ठले बलिउड फिल्मको प्रभावका बीच ‘घामड शेरे’ले आफ्नो पदर्शन मिति परिवर्तन गरेर ‘पोइ पर्‍योकाले’लाई सहयोग गरेकोमा आभार ब्यक्त गरे । 

    नेपाली फिल्म बजारमा रहेको अस्वस्थ्य प्रतिस्पर्धाका बीच फिल्म नजुधाउने निर्णय आँफैमा उदाहरणीय रहेको भन्दै श्रेष्ठले घामड सेरेको प्रदर्शनका समयमा आफ्नो संस्थाले सकेको सहयोग गर्ने बताए । यो साता हलमा एक नेपाली र दुई बलिउड फिल्महल प्रवेश गरेका छन् भने फिल्म ‘छ माया छपक्कै’ ‘कबड्डी कबड्डी कबड्डी’ हलिउड फिल्म ‘जोकर’, ‘मेलाफिसेन्टः मिस्ट्रेस अफ इभिल’ पनि हलमा प्रदर्शनरत छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast