आईतवार, मंसिर १, २०७६
    खेल संसार

    पारस खड्काले टी १० लिग खेल्ने पक्का, पारिश्रमिक पारसको भन्दा सन्दीपको तेब्बर !!

    शुक्रबार, ८ कार्तिक २०७६, आहाखबर

    काठमाडौं, कात्तिक ८  ।

    नेपाली क्रिकेट टिमका निवर्तमान कप्तान पारस खड्काले पनि टी १० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

    १० वर्ष नेपाली टिमकाे कप्तानी गरेका पारस पहिलाे पटक विदेशी फ्रेन्चाइजी लिग खेल्ने भएका हुन् ।

    टी-२० र एकदिवसीय क्रिकेटमा सतक बनाउने एक्लाे नेपाली खेलाडी पारसले करियरमा अर्काे फड्काे मारेका छन् ।

    यूएईमा अर्को महिना हुने टी १० मा पारस अवुधावी टिमबाट खेल्ने छन् । योसँग पारस विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो खेलाडी पनि बन्ने छन् ।

    नेपालबाट लेगस्पिनर सन्दीप लामिछाने र अलराउण्डर सोमपाल कामीले विदेशी फ्रेन्चाइज लिग खेलिसकेका छन् । पारसको यो पहिलो फ्रेन्चाइज लिग पनि हो । टी १० को ड्राफ्ट गत साता नै भए पनि पारसको बारेमा भने अबुधावी टिमले पछि मात्रै जानकारी दिएको हो ।

    अबुधावीको ट्वीटर ह्याण्डलबाट पारसलाई समेटिएको तस्विरसहित खेलाडीको सूची सार्वजनिक भएको छ । पारसको टिममा मोइन अलि र भारतीय पूर्व अलराउण्डर युवराज सिंह आइकोनिक खेलाडीको रुपमा रहेका छन् ।

    पारसले १० हजार अमेरिकन डलर पारिश्रमिक पाउने सम्झौता भएका हुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अर्को खेलाडी सन्दीप लामिछाने कर्नाटक टस्कर्सबाट टी टेन लिग खेल्नेछन् । सन्दीप ए क्याटेगरीमा परेर छनोट भएका हुन् । ए मा पर्ने खेलाडीले ४५ हजार अमेरिकी डलर पाउनेछन् । टी टेन नोभेम्बर १५ देखि २४ सम्म यूएईमा चल्ने छ ।

    नेपाली राष्ट्रिय टिमकाे कप्तानी छाेडेकाे एक सातापछि नै उनले विदेशी लिग खेल्ने पक्का भएकाे हाे ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast