आईतवार, मंसिर १, २०७६
    खेल संसार

    आईपीएल अक्सनमा पारस खड्काको चर्चा, 'स्पोटर्स क्रिडा' यसो भन्छ !

    बिहिवार, ७ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, ७ कात्तिक

    इण्डियन प्रिमियर लिग (आईपीएल) २०२० को तयारी शुरु भएको छ । 

    बजेटको बढोत्तरीसँगै सवै टीमले राम्रो खेलाडी अनुबन्धित गर्ने तयारी समेत गरेको छ । यस पटक एसोसियट राष्ट्रका बिस्फोटक तीन खेलाडीमा सवै टीमको नजर परेको भारतीय सञ्चार माध्यम स्पोटर्स क्रिडाले विश्लेषण गरेको छ ।

    फ्रेन्चाइजी खेलमा बिस्फोटक ब्याटिङ गरेका तीन ब्याट्सम्यानमा नेपालका निवर्तमान कप्तान पारस खड्काबारे समेत चर्चा गरेको छ । दोस्रो नम्बरमा खड्कालाई राख्दै लेखेको छ, “यी तीन खेलाडी आफ्नो टीममा पार्न करोडौं खर्च गर्न सक्छन् ।”

    पहिलो नम्बरमा हेनरी जार्ज मुन्से र तेस्रो नम्बरमा हजरतुल्लाह जाजईलाई उल्लेख गरेको छ ।

    दोस्रो नम्बरमा नेपालका निवर्तमान कप्तान पारस खड्काको चर्चा गरिएको छ । दश वर्ष लामो कप्तानी भूमिकाबाट राजीनामा दिएका खड्काले ११ असोजमा मात्रै सिंगापुर बिरुद्धको खेलमा विश्व कीर्तिमानी ब्याटिङ गरेका थिए ।

    खड्काले ५२ बलमा १०६ रन जोडे आईपीएलका सवैजसो टीमको नजर खड्का माथि गएको छ । सिंगापुर बिरुद्धको खेलमा लक्ष्य पछ्याउने क्रममा सतक गर्ने विश्वकै पहिलो कप्तानको कीर्तिमान बनाएका थिए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast