आईतवार, मंसिर १, २०७६
    सावधान

    घुस लिएको अभियोगमा मुद्दा

    बिहिवार, ७ कार्तिक २०७६, आहाखबर
    काठमाडौँ, ७ कात्तिक
     
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय मङ्गलापुर रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर जिसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
     
    बीमा सिफारिस गरिदिने भन्दै प्रहरी नायब निरीक्षक जिसीले एक सेवाग्राहीसँग रु १५ हजार घुस लिएको अभियोग लागेको छ । आयोगको टोलीले जिसीलाई केही दिन पहिले घुस लिँदै गरेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरेको थियो । यस्तै आयोगले बालज्योति मावि कपिलवस्तुका प्रधानाध्यापक रवीन्द्रप्रसाद मौर्य र कार्यालय सहयोगी रामकुुमार लोनियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
     
    शिक्षक नियुक्तिमा सहजीकरण गरिदिने भन्दै प्रधानाध्याक मौर्यले विज्ञान शिक्षक पदमा परीक्षा दिन आएका एक परीक्षार्थीसँग रु ४० हजार घुस लिएको आरो लागेको छ । आयोगको टोलीले मौर्यलाई केही दिन पहिले शिवराज नगरपालिका–५ चन्द्रौटाबाट पक्राउ गरेको थियो ।
     
    त्यस्तै आयोगले यातायात व्यवस्था कार्यालय साना ठूला सवारी ३ नम्बर प्रदेश कार्यालय ललितपुरका सिनियर इलेक्ट्रिसियन रुपमप्रसाद गुरागाईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले गुरागाईले एक सेवाग्राहीलाई विद्युतीय सवारीसाधनको बाटो इजाजत सहज बनाइदिने भन्दै रु ६० हजार घुस लिएको अभियोग लागेको छ ।
     
    आयोगले नेपाल राष्ट्रिय आधारभूत माध्यमिक विद्यालय पर्साको प्रधानाध्यापक सचिन्द्रकुमार कापर, सहायक प्रधानाध्यापक मनिर मियाँ र शिक्षक सुरेश महत्तो तथा विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय जम्बिल मियाँ र इलियास मिँयाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुले करारमा शिक्षक नियुक्त गरिदिने भन्दै एक सेवाग्राहीसँग रु एक लाख घुस लिएको आरोप लागेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार तीमध्ये विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जमिल मिँया हाल फरार रहेका छन् । उनीहरुविरुद्ध बिगोबमोजिमको कारवाहीको माग गरिएको छ ।
     
    त्यसैगरी आयोगले नापी कार्यालय कास्कीका सर्वेक्षक सन्तोष भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । जग्गा नापजाँच तथा क्षेत्रफल छुट्टयाउने कार्य गरिदिएबापत भण्डारीले सेवाग्राहीसँग रु १० हजार घुस लिएको आरोप लागेको छ ।
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast