बुधबार, कार्तिक २७, २०७६
    खेल संसार

    वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधि चितवनलाई

    बिहिवार, ७ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, ७ कात्तिक

    चितवन राइनोजले पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग क्रिकेट (डब्लुसीएल) टि–२० प्रतियोगिताको उपाधि जितेको छ ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको फाइनल खेलमा चितवन राइनोजले क्याट क्विन्स काठमाडौँलाई ४५ रनले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसँगै चितवनले रु सात लाख पुरस्कार प्राप्त गर्यो । त्यस्तै उपविजेतामा चित्त बुझाएको काठमाडौँले रु तीन लाख हात पार्यो ।

    चितवनले दिएको ११३ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौँ २० ओभरमा सबै विकेट गुमाउँदै मात्र ६७ रनमा समेटियो । काठमाडौँका लागि अप्सरी बेगमले सर्वाधिक १५ रन जोडिन् भने ममता थापा र ईश्वरी विष्टले १३÷१३ रन जोडिन् । काठमाडौँलाई सस्तैमा समेट्ने क्रममा सुमन खतिवडा र ऋतु कनोजियाले समान ३÷३ विकेट लिए भने रेखा रावलले २ विकेट लिइन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर ११२ रन बनाएको थियो । चितवनका लागि सुमन खतिवडाले सर्वाधिक २९ रन जोडिन् भने कप्तान इन्दु बर्माले २२, काजल श्रेष्ठले २१ तथा कञ्चन श्रेष्ठले १९ रन जोडिन् । 

    काठमाडौँकी सङ्गीता राई, लक्ष्मी साउद र सरस्वती चौधरीले १÷१ विकेट लिइन् । लिगमा चितवन अपराजित रहँदै च्याम्पियन बनेको हो । क्विन्स इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको उक्त प्रतियोगितामा पाँच शहरका पाँच टोलीको सहभागिता रहेको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast